१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश


143
Shares

काठमाडौ । बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समूह ‘डि’ को अन्तिम खेलमा इटालीलाई १–० ले हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हाे । खेलमा बेल्जियमलाई विजयी गराउन टिने डे केग्नीले ४९ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेकाे हाे ।

यहि समूहको अर्को खेलमा आइसल्याण्डले फ्रान्ससँग १–१ गोलको बराबरी खेलेकाे हाे । यो समूहमा ७ अंकसहित फ्रान्स समूह विजेता बन्दा ४ अंक जोडेको बेल्जियम दोस्रो तथा ३ अंक जोडेको आइसल्याण्ड तेस्रो भएकाे छ । सोमबार रातिका खेलहरूपछि युरोकप महिला फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

बिहिबार सुरू हुने क्वाटरफाइनल खेलहरूमा आयोजक इंग्ल्याण्ड र स्पेन, जर्मनी र अष्ट्रिया, स्वीडेन र बेल्जियम, फ्रान्स तथा नेदरल्याण्ड्स भिड्ने भएका छन् ।