
काठमाडौं । मुलुकका उद्योगहरुको आयको वृद्धिदरमा गिरावट आएको देखिएको छ ।
नेपाल उद्योग परिसंघको पछिल्लो अध्ययन प्रतिवेदनले उद्योगका उत्पादन क्षमतामा पनि उल्लेख्य दरले ह्रास आएको जनाएको छ ।
परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंक सार्वजनिक गरेका हो । आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ ।
प्रतिवेदन अनुसार दोश्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको हो । यस अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको देखाएको छ ।
दोश्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो । यस अवधिमा उत्पादनमूलक उद्योगले औषतमा १०.९६ प्रतिशत ब्याज तिरेको पाइएको छ । गत वर्षको यसै अवधिमा ९.४ प्रतिशत थियो ।
उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पूँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रौमासमा चालु पूँजी ३४.४ प्रतिशत ऋण लिएका थिए । अध्ययनमा सहभागी मध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका पनि प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनले यस अवधिमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको देखाएको छ । दोश्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत थियो ।
प्रतिक्रिया दिनुहोस्