२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता


637
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टू खेल्न स्कटल्याण्ट पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फकिएको छ ।

टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

टोली स्कटल्याण्ड सिरिज खेलेर मंगलबार अपरान्ह स्वदेश फर्किएको हो । स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो ।

सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र जित निकाल्न सफल भयो भने नामिबियासँग खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो । आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोटका लागि लिग टु खेलाइएको हो ।