
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ ।
गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट गर्नुभएको छ । भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनकाे विषयमा छलफल भएको बुझिएको छ ।
राष्ट्रपति पुटिनको भ्रमणले मस्कोका थोरै अन्तर्राष्ट्रिय गठबन्धनमा पर्ने मुलुकमध्ये एक इरानसँगको सम्बन्ध अझै मजबुत हुने अनुमान गरिएको छ । इरानमाथि पनि पश्चिम जगतले आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ । उहाँले इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी र टर्किस राष्ट्रपति रिसेप तायप एर्दोआनसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति पुटिनले युक्रेन युद्ध प्रारम्भ भए यता पूर्व सोभियत गणराज्यहरूको भ्रमण सीमित पार्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्