
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ।
आज (बुधबार) बिहान देशभर सामान्य बदली रहेको छ। साथै देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका भइरहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, बुधबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहने भएको छ । साथै देशको पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहने भएको छ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्