१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भारतको दाबी, मानसरोवर जाने सडक आफ्नै भूभागमा बनाएका हौं


0
Shares

काठमाडौं । भारतले उत्तराखण्डबाट नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएको भूभाग आफ्नै भएको भारतले दाबी गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शनिबार विज्ञप्ति निकाली भर्खरै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला हुँदै मनाइएको कैलाश मानसरोवर यात्रा रुट पूर्णरुपमा भारतीय भूमि भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको परराष्ट्र मन्त्रालयले भारतले शुक्रबार उद्घाटन गरेको सडकका विषयमा सम्बन्धित विज्ञप्ति जारी गरेको देख्यौं ।

उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा बनाएर भर्खरै उद्घाटन गरिएको सडक पूर्णरुपमा भारतीय भूभागमा पर्छ । कैलाश मानसरोवर जाने तिर्थालुहरुले पहिलेदेखि प्रयोग गर्दै आएको रुटलाई तिर्थालु, स्थानीय र व्यापारीहरुका लागि सहज र सुविधाजनक बनाइएको हो ।’

भारत र नेपालले सीमा समस्या समाधानका लागि संयन्त्र बनाएको छ । सम्पूर्ण विवादित सीमा समस्याहरु समाधानका लागि पहल भइरहेको र सीमा समस्या समाधान कुटनीति संवादमार्फत द्विपक्षी मैत्री र छिमेकी सम्बन्धका आधारमा अघि बढाइनले भारतले जनाएको छ ।

दुबै पक्षले परराष्ट्र सचिवस्तरीय वार्ताका लागि पहल भइरहेको र चाँडै वार्ता गरेर दुबै पक्षका समस्या समाधान गरिने पनि भारतले जनाएको छ ।