
web pic
कपिलवस्तु । यात्रुबाहक बसको ठक्करबाट जिल्लामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुद्धभूमि नगरपालिका–९ चम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा ल्याउँदै गर्दा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार मृतककी १७ वर्षीया बहिनी कुष्मा घाइते भएकी छन् । उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।
ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय, गोरुसिंगेको नियन्त्रणमा छ ।
प्रतिक्रिया दिनुहोस्