६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालनमा


78
Shares

काठमाडौं । पहिराले अवरूद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ ।

बुधबार विहान ६ बजेदेखि अवरूद्ध सडकखण्ड पुनः सञ्चालनमा आएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरूद्ध भएको थियो ।

सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

राजमार्ग सञ्चालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाडौं जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् ।

पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरा खसेर राजमार्ग अवरूद्ध हुने गरेको छ ।