३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा सामान्य वृद्धि


52
Shares

काठमाडौं । उतारचढावबीच साताको चौथो दिन बुधबार पनि शेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बुधबार नेप्से ४ अंकले बढेर २०५० बिन्दुमा बन्द भएको छ । बुधबार नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर खरीदबिक्री हँुदा १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार कारोबार भएका कम्पनीमध्ये ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बुधबारको मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ५ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज लक्ष्मी इक्युटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढीले घटेको हो । नेप्सेमा सामान्य सुधार आउँदा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको बुधबार १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ कारोबार भएको हो । कारोबारमा आएका १३ समूहमध्ये ८ वटा समूहका परिसूचक वृृद्धि हुँदा बाँकी सबै समूह घटेको छ । बुधबार वित्त, उत्पादन, प्रशोधन र अन्य समूह १ प्रतिशतले नेप्से वृद्धि भएको हो ।