
काठमाडौं । अभिनेत्री मिरुना मगरले लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै स्वर्णपदक जितेकी छन् ।
मिरुनाले स्वर्णपदक जितेको खुशी सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । मिरुनाले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर डिग्री गरेकी हुन् ।
‘अनेक बाधाहरूको बावजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पूरा गर्न सकेकोमा आफूलाई गौरवान्तित महसुस गर्दछु,’ सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘कैयौं अनिन्द्रा रातहरू, लकडाउनको शून्यता र मन भाँचिएका कैयौं क्षणको नतिजाको रूपमा अन्ततः यो उपलब्धि हासिल भएको छ ।’
‘म मेरो परिवार र साथीहरूलाई सधैं समर्थन र उत्प्रेरित गरेकोमा धन्यवाद नदिइरहन सक्दिन,’ उनी अगाडि लेख्छिन्, ‘मेरो जीवनमा उहाँहरूलाई पाएकोमा धन्य र कृतज्ञ छु।’
यही वर्ष उनी अभिनित फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बन्यो । फिल्मले ५१ दिन मनाइसकेको छ । उनको फिल्म करियरमा ‘कबड्डी ४’ पहिले सफल फिल्म हो ।
मिरुना अभिनित फिल्म ‘जारी’ प्रदर्शनको तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्