
पर्वत । पर्वतमा २ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएकाे छ ।
उपचारको लागि पर्वत अस्पतालमा आएका २ जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो । पर्वत जिल्ला अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएका मध्ये २ जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो । उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामीहरू रहेको अस्पतालले जनाएको छ ।
घरमा बसिरहेको अवस्थामा लगातार ५-७ दिनसम्म ज्वरो आएपछि उपचारको लागि आएका उनीहरूमा संक्रमणको शङ्कामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेंगु रहेको पुष्टि भएको हो । उनीहरू दुवै जनाको उपचार भइरहेको उहाँले जानकारी गराउनुभयो ।
स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुलाई संक्रमण पुष्टि भएको बताउँदै गत वर्ष कसैमा पनि पुष्टि नभएको बताउनुभयाे । तर यस वर्ष भने संक्रमण देखिएको उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्