
एजेन्सी । संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ ।
चीन सरकारले उपहार स्वरूप हङकङलाई दिएको एनएन नाम गरेको पाण्डाको ३५ वर्षीय भाले पाण्डाको मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।
पाण्डा ३५ वर्षको भए पनि मानिसको १०५ वर्षको उमेर बराबर हुने वेबसाइटमा उल्लेख छ ।
पाण्डाले पछिल्ला हप्ताहरूमा अस्वस्थ भएका कारण खाना खान छोडेको हेरचाहमा खटिएका व्यक्तिका बताएका छन् ।
पाण्डालाई हङकङको ओसियन पार्कमा सन् १९९९ देखि राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्