
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो । उहाँले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गर्नुभयो ।
सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको बताउनुभयो । उहाँले तत्काल चियाका अक्शन सेन्टर खोल्नुपर्ने बताउनुभयो ।
सांसद खनालले संगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिनुभयो । उहाँले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
सांसद खनालले सकरार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताउनुभयो । उहाँले आर्थिक संकटतर्फ देश गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले इलाममा चियाको संग्रहालय बनाउन पनि माग गर्नुभयो । सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्