
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाउनुभएको छ ।
बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी गर्नुभयो । उहाँले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष लिङदेनले विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गर्नुभयो । उहाँले प्रमुख राजनीतिक दलको लम्पसारवादका कारण देशमा अस्थिरता, भूराजनीतिक सन्तुलनको उत्पत्ति भएको बताउनुभयो । अध्यक्ष लिङदेनले सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष लिङदेनले नेपाल आर्थिक संकटमा रहेको भन्दै यस्ता बेला नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढीरहेको बताउनुभयो । उहाँले सत्तासीन दलहरु कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणितमा व्यस्त रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्