१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसपीपी सम्बन्धमा सरकारको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


104
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ र प्रतिपक्ष सांसदहरुले एसपीपीको अवस्थाका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको हो । सभामुख सापकोटाले सांसदहरुले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ माननिय सदस्यहरुले उठाउनु भएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन । सरकारले पत्र नपठाएको सम्बन्धमा सदनलाई जानकारी दिन बिहीबार सरकार र प्रतिपक्षका सांसदहरुले माग गरेका थिए ।