
काठमाडौं । चट्याङ लागेर हुम्लाको सर्केगाड गाउँपालिकाको रिपगाउँ–२ मा एक जना घाइते भएका छन् भने ५० भन्दा बढी बाख्रा तथा दुई गाई गोरु मरेका छन् ।
बाख्रा चराउन गएका छक्का कार्की चट्याङ लागेर घाइते भएका हुन् ।
खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर कार्की र लुड्प्या महताराका ५० भन्दा बढी बाख्रा तथा दुई गाई गोरु मरेको वडा नं. २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनु भएको छ ।
चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्