१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोटरसाइकल चोरीको आरोपमा तीन जना पक्राउ


286
Shares

दाङ । दाङमा प्रहरीले ६ वटा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल सार्वजनिक गरेको हो ।

रोल्पा गाउँपालिका ९ का ३० वर्षिय भानुभक्त बाठा मगर, तुलसीपुर उपमहानगरपालिका–१९ का २१ वर्षिय मदन पुन र तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १८ वर्षिय बादल नेपालीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुले जिल्लाका विभित्र स्थानबाट मोटरसाइकल चोरी गरेको आरोप छ । चोरीमा संलग्नहरु माथि अनुसन्धान भइरहेको र कानून बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।