२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेश १ को सर्वदलीय बैठकले सकेन नाम टुंगो लगाउन


598
Shares

काठमाडौं । प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहररुलाई शुक्रबार बोलाउनुभएको थियो ।

३ घण्टासम्म चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताउनुभयो ।

प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।