१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भालुले मकै खाँदा सोलुखुम्बुका किसान चिन्तित


546
Shares

सोलुखुम्बु । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर कृषकलाई हैरान बनाएको छ ।

बारीभरी साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरुमा भालुले मकै खान थालेपछि कृषकहरु राताभर बारीमा टिन बजाएर जागै बस्न थालेका छन् ।

रातभरी बारीमै जाग्राम बस्नुपरेकोले विद्यार्थीहरु बिद्यालयमा पनि निदाउने, शिक्षकले दिएको गृहकार्य नगर्ने गरेको शिक्षक बताउँछन् । जिल्लाका सल्लेरी, तामाखानी, बेनी, टाक्सिन्दुलगायतका विभिन्न भागमा भालुले मकै खाँदा स्थानीयको जनजीवन प्रभावित भएको छ ।

यता, जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयले भने कुनै पनि जङ्गली जनावरलाई मार्न वा क्षति पु¥याउन नपाइने बताउँदै आएका छन् । अन्य वैकल्पिक उपायहरु अपनाएर बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरेबापत कुनै क्षतिपूर्ति दिने प्रावधान समेत नभएको जिल्ला वन कार्यालयले जनाएको छ ।