१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


द्वन्द्वपीडितको १५ करोड भत्ता फ्रिज


234
Shares

काठमाडौं । कर्णाली प्रदेशका द्वन्द्वपीडित तथा तिनीहरुका परिवारका लागि छुट्याइएको जीवन निर्वाह भत्ता फ्रिज भएको छ ।

भत्ता बापतको १५ करोड बजेट फ्रिज भएको हो । गत आर्थिक वर्षमा बजेट कार्यान्वयन नहुँदा उक्त बजेट फ्रिज भएको हो ।

कर्णाली सरकारले विभिन्न आन्दोलनका घाइते, अपांगता भएका व्यक्ति र सहिद तथा बेपत्ता परिवारका सदस्यलाई जीवन निर्वाह भत्ता दिने योजना ल्याएको थियो ।

योजना कार्यान्वयनका लागि नीतिगत काम भएपनि बजेट कार्यान्वयन भने हुन सकेको छैन । जीवन निर्वाह भत्ता वितरणका लागि मन्त्रिपरिषद्ले ‘घाइते अपांगता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण पहिलो संशोधन कार्यविधि २०७८’ लाई स्वीकृत गरिसकेको छ ।

स्थानीय सरकारले पठाएका विवरणमा लक्षित वर्गको यकिन विवरण प्रमाणीकरण गर्ने आधार नहुँदा भत्ता वितरण रोकिएको हो ।