१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनमोल केसी अभिनित फिल्म ‘एक्स ९’ मा नीति शाह अनुबन्धित


702
Shares

काठमाडौं । अनमोल के.सी. अभिनित फिल्म ‘एक्स ९’ मा मोडल नीति शाह नायिकाको रूपमा अनुबन्धित भएकी छन् ।

मुकुन्द भट्टको निर्देशनमा फिल्म बन्न लागेको फिल्म ‘एक्स ९’ मा नीतिको जोडी अनमोलसँगै बाँधिने भएको छ । शुक्रबार फिल्मका निर्माता पनि आफैं रहेका भट्टसँग उनको यसबारे लिखित सहमति भएकाे हाे ।

नीतिले उक्त फिल्मका लागि १० लाख रुपैयाँ पारिश्रमिक लिने भएकी छन् । फिल्ममा अनमोल र नीतिसँगै सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, अर्पण थापालगायतको पनि अभिनय रहनेछ ।

फिल्मको छायांकन मंसिरपछि सुरु हुनेछ । फिल्मको पहिला क्यानडामा छायांकन गर्ने तयारी रहेको छ । क्यानडापछि फिल्मको यूरोप र नेपालमा छायांकन हुनेछ ।