
काठमाडौं । भारतको हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’ का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिंदा ६ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिदा उनीहरूको मृत्यु भएको हो । ५ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएकाे छ ।
तीर्थयात्री हरिद्वारबाट ग्वालियरतर्फ गइरहेका थिए । ठक्कर दिने ट्रकका चालक फरार रहेकाे र निजको खोजी कार्य भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् । कन्वर यात्रा भगवान शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो ।
कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा दुई वर्षपछि सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्