
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ।
आज (आइतबार) बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश-१ का केही भू-भागमा सामान्यदेखि पूर्ण रुपमा बदली रही मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै, देशका अन्य भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, देशका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१ का केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्