७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुनको मूल्य बढ्दा चाँदी चाहिँ घट्यो


1.781k
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पाँच सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आइतबार १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।