७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न लालबाबु पण्डितको माग


78
Shares

काठमाडौं । सांसद लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले निर्वाचन मिति घोषणा गर्न माग गर्नुभयो ।