
एजेन्सी । चीनमा मरेका २ वटा लामखुट्टेको कारण प्रहरीले चोरलाई पक्राउ गर्न सफल भएको छ ।
सुन्दा अचम्म लागेपनि यो चीनमा घटेको सत्य घटना हो । प्रहरीले मरेका २ वटा लामखुट्टेको रगतको डीएनए परीक्षणबाट चोरलाई पक्राउ गर्न सफल भएको हो ।
गत जुन ११ मा चीनको फुजियाना प्रान्तको फुझाउमा एउटा घरमा चोरी भएको थियो । चोरी गर्न आएका चोरले उक्त समय त्यहाँ लामखुट्टेलाई मारेका थिए । घरको भित्तामा भएको लामखुट्टेको रगतको नमूना संकलन गरी प्रहरीले डीएनए परीक्षणका लागि पठाएको थियो । चोरको डीएनएसँग लामखुट्टेको नमूना मिलेपछि प्रहरीले चोरलाई पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लामखुट्टेले चोरलाई टोकेको थियो । यस्तो अवस्थामा जब चोरले लामखुट्टेलाई मारे त्यसको रगत घरको भित्तामा लागेको थियो । उक्त रगतलाई परीक्षण गराउँदा चोरबारे पत्ता लगाउन अनुसन्धान गर्न प्रहरीलाई सहज भयो । प्रहरीले उक्त डीएनए नमूना अपराधिक रेकर्ड भएका चाई उपनामका संदिग्ध व्यक्तिको भएको पुष्टि गर्यो ।
घटना घटेको १९ दिनपछि प्रहरीले चोरलाई पक्राउ गरेको हो । प्रहरीको सोधपुछमा चोरले यो बाहेक अन्य ४ वटाचोरी गरेको स्वीकार गरेको छ । प्रहरीका अनुसार चोरले निकै महंगो सामानहरू चोरेको छ । घरमा कोही नभएको समयमा चोर घरभित्र पसेकाले त्यो रात चोर त्यही घरमा नै बसेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्