
काठमाडौं । प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले ठूला दलहरुले संविधानको स्तम्भमाथि प्रहार हुनेगरी चुनावी मुद्दा बनाउन लागेको आरोप लगाउनुभएको छ ।
उहाँले ठूला दल संघीयताको खारेजी, गणतन्त्र, धर्म निरपेक्षतामाथि प्रहार र दुई दलीय व्यवस्थाको वकालत गरेर निर्वाचनमा जान लागेको आरोप लगाउनुभयो । दलहरु प्रतिगामी नारामा लिप्त भएको बताउँदै यस्तो मुद्दाले लोकतन्त्र जोखिममा पर्ने उहाँले बताउनुभयो ।
सांसद त्रिपाठीले बैंकहरु नाफामुखी मिटरब्याजी साहु जस्तो भएको टिप्पणी गर्नुभयो । बैंकहरुले उद्योगमा लगानी गर्न नचाहेको र अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई भार बोकाउन लिप्त भएको दावी गर्नुभयो ।
वित्तीय संस्थाले निर्धारण गरे बमोजिमको लगानी कृषि क्षेत्रमा नगर्दा पनि राष्ट्र बैंक लाचार भएर बसेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्