६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विमानस्थलबाट विदेशी मुद्रासहित दुईजना पक्राउ


1.638k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैद विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौंबाट सारजाहका लागि जान लागेका दुई जना नेपालीको साथबाट ७५ हजार रियाल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तनहुँका २६ वर्षिय मानबहादुर थापा र रौतहटका शेख फैयाज रहेका छन् ।

बराम रकमसहित उनीहरुलाई थप अनुसन्धानका राजस्व अनुसन्धान विभागमा पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।