
काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।
पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै विजयी भएका छन् ।
लम्सालले अनिता बिन्दूलाई पराजित गर्नुभएको छ ।
युनियनको महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा नकुल अर्याल निर्वाचित भएका छन् ।
खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा, कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्