६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


घ्याङलेख गाउँपालिकाद्वारा बिपन्न महिलालाई व्यवसाय गर्न आर्थिक सहयोग


156
Shares

सिन्धुली । सिन्धुली जिल्लाको पछाडि परेको क्षेत्र मानिने घ्याङलेख गाउँपालिकाले कृष्टलका गरगहना बनाउने व्यवसाय गर्ने महिलाहरूलाई आर्थिक सहयोग गरेको छ ।


साेही गाउँपालिकाको आर्थिक सहयोग तथा सामूहिक सरोकार समाज सिन्धुलीको प्राविधिक सहयोगमा घ्याङलेख गाउपालिकाको वडा नं. ४ र ५ का २५ जनालाई गहना बनाउने तालिम दिएको हो । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन कार्यक्रम अन्तर्गत महिलाहरूलाई कृष्टलका चुरा, पोते, तिलहरी र झुम्का लगायतका गहना बनाउने सिप र सहयोग प्रदान गरेको सामूहिक सरोकार समाज सिन्धुलीले जनाएको छ ।

सोही गाउँपालिकाले उक्त तालिममा सहभागी भई कृष्टलका गहना बनाउन सक्ने २५ जना महिलाहरूलाई व्यवसाय संचालनका लागि जनही २६ हजारका दरले नगद सहयोग गरेको हो । गाउँपालिकाले छनोट गरेका दलित, गरीब, आय आर्जन नभएका तथा पछाडि परेका महिलाहरूको जीविकोपाजर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम र आर्थिक सहयोग गरेको घ्याङगलेक गाउँपालिकाले जनाएको छ ।