१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शेयर बजारमा उछाल जारी


572
Shares

काठमाडौं । शेयर बजारमा उछाल जारी रहेको छ ।

मौद्रिक नीति जारीसंगै नेप्से परिसूचका उल्लेख्य बृद्धि जारी रहेको हो । शेयर बजारले मौद्रिक नीतिलाई स्वागत गरेको बुझिएको छ ।

बजार परिसूचक ५४ अंकले उकालो लागेर २१ सय ३२ पुगेको छ । यस दिन कारोबार समेत उल्लेख्य सुधारिएर ४ अर्बमाथि पुगेको छ ।

सबै समूहमा हरियाली छाउँदा विकास बैंक समूहमा सबैभन्दा उच्च २ सय १३ अंकले बृद्धि आयो । जीवन बीमा समूह २ सय १० अंकले उकालो लाग्यो ।

उत्पादनमूलक, निर्जीबन बीमा, वित्त, लघुवित्त, जलविद्युत आदी समूहमा सय अंक माथिको बृद्धि आयो । प्रतिशतका हिसाबले वित्त समूहमा झण्डै ८ प्रतिशतको वृद्धि आएको हो ।

बाँकी पनि अधिकांशजसो समूहमा दोहोरो अंकको सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १४ कम्पनीको ९९ लाख कित्ता शेयर ४ अर्ब ११ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसदिन १ सय ७६ कम्पनीको शेयर मूल्य बढ्दा जम्मा एउटा कम्पनीको शेयरमूल्य घटेको नेप्सेले जनाएको छ । यसदिन वित्त, विकास बैंक लघुवित्तका मात्र डेढ दर्जन बढी कम्पनीका शेयर सर्किट लेबलमा कारोबार भएका छन् ।