१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थ मन्त्रालयको सिसिटिभी फुटेज समितिलाई बुझाइयो


260
Shares

काठमाडौं । नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले सिंहरदरबारको सिसिटीभी फुटेजको विवरण संसदीय छानविन विशेष समितिलाई बुझाएको छ ।

प्रयोगशालाले बुझाएको विवरणबारे समितिको मंगलबारको बैठकमा छलफल हुने जनाइएको छ ।

बजेट निर्माण प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा निक्र्योलका लागि मन्त्रालयको सिसिटिभी फुटेज छानबिनका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो ।

सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो ।

मन्त्रालयको सिसिटिभी फुटेजबाट निक्र्योलको सम्भावना नरहेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको हो । थपिएको सात दिनभित्र अनुसन्धानलाई पूर्णता दिने तयारी समितिको रहेको छ ।