१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न


221
Shares

नवलपुर । नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभएकाे हाे । जिल्लाको तल्लो क्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ ।

पहाडी क्षेत्रमा पर्ने बौदिकाली र बुलिङटारमा भने सरदर कम रोपाइँ भएको सूचना अधिकारी पौडेलले बताउनुभयो । असार मसान्तसम्ममा सबै क्षेत्रमा धान रोपाइँ ९० प्रतिशत कुट्नुपर्ने भएपनि असारमा पानी कम परेका कारण समेत रोपाइँ ढिलो भएको हाे । कतिपय चैतेधान र मकै लगाएका खेतमा भने किसानहरूले अब बल्ल धान रोपाइँको तयारी गरेको उहाँले बताउनुभएकाे छ ।

साउन १५ सम्ममा जिल्लामा रोपाइँ सकिने उहाँको भनाइ छ । जिल्लामा स्थानीय जातका धान सावित्री, सावा र रामधान बढिमात्रामा लगाइएको सूचना अधिकारी पौडेलले बताउनुभयो। केही मात्रामा हाइब्रिड धान समेत लगाइएको उहाँले बताउनुभयो ।

गतवर्षहरूमा बीउका कारण कतिपय धानमा बाला नलागेकाले समस्या परेका कारण अहिले बीउ छर्ने सीजनमा नै एग्रोभेटहरुलाई सूचीकृत नभएका धान बिक्री वितरण नगर्न भनिएकाले यस पटक भने त्यस्तो समस्या नआउने सूचना अधिकारी शंकर पौडेलले बताउनुभयो ।

नवलपुरमा १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ ।