८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमण तत्काल सच्याउन सांसद थापाको माग


312
Shares

काठमाडौं । सांसद अमृता थापाले सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्ने तर यही साउन ९ गतेदेखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फेन्समा भाग लिन जाने प्रधानसेनापतिको भ्रमण मन्त्रिपरिषद्बाट भइरहेको कुरा साचो भए तत्काल सच्याउन माग गर्नुभयो ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद थापाले सो बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको भूराजनीतिक अवस्थामा र संवेदशीलता विषय नेपालीको लागि चासोको विषय इतिहासदेखि भइरहेको छ । भर्खर मात्रै नेपाल सरकारले एसपीपीमा सहभागी नहुने निर्णय ग¥यो । तर यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फ्रेन्समा भाग लिन जाने प्रधानसेना पतिको भ्रमण मन्त्रिपरिषद्बाट भइरहेको कुरा साचो हो । सोचो हो भने नेपालको परराष्ट्र नीति अनुसार सरकारको निर्णय सच्याउन आग्रह गर्दछु ।’