
बैतडी । बैतडीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
बिरामी हुनेमा मेलौली नगरपालिका ५ खलीगाडका एकै परिवारका पाँच जना रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको हो ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भर्ना भएका छन् ।
मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ उनीहरुले पकाएर आएका थिए । च्याउ खाएको केही बेरपछि सबै जनाले बन्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्