२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न हुँदैन : अध्यक्ष नेपाल


520
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्नु नहुने बताउनुभयो ।

उहाँले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडी बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमती हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हीतमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्नु नहुने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले देशको रक्षाको निम्ति सबै एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।