
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ ।
बुधबार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहनुभएका केसीले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताउनुभयो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताउनुभयो । उहाँले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गर्नुभयो ।
आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताउनुभयो ।
कार्यकारी अध्यक्ष केसीले चलचित्रको विकास र उत्थानका लागि आफू लागिपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्