१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कल सेन्टरमा आएका गुनासो सम्बन्धित निकायबाट सम्बोधन भएन


403
Shares

काठमाडौं । काठमाडौं महानगरवासीले वर्षासँगै आएको बाढी, डुवान र सडक मर्मतजस्ता विषयमा महानगरसँग अत्यधिक दैनिक गुनासो गर्ने गरेका छन् ।

महानगरपालिकाले गत जेठ अन्तिम हप्तामा सुरु गरेको कल सेन्टरमा महानगरबासीले सडक मर्मत, फुटपाथ र फोहोेर व्यवस्थापनलगायतका विषयमा सरोकार राख्ने गरेको पाइयो । कल सेन्टरमा दैनिक एक सय बढी गुनासो आउने गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकामा नयाँ नेतृत्व आएसँगै स्थानीयका गुनासा सम्बोधन गर्न कल सेन्टर सुरु गरेको हो । कल सेन्टरमा आएका गुनासो सम्बन्धित निकायसँगको समन्वयमा सम्बोधन हुने गरेको छ ।

महानगरले पछिल्ला केही हप्तादेखि सडकका खाल्डा पुर्न, अतिक्रमित सडकपेटी खाली गर्न र ढल तथा नाली मर्मत गर्न मोबाइल टोली गठन गरेको छ ।

महानगरले नगर प्रहरीको निगरानीमा विभिन्न टोली गठन गरेर आफ्नो क्षेत्रमा खटाएको बताएको छ । यस्तै, छाडा छोडिएका चौपाया व्यवस्थापन गर्न पनि महानगरले टोली खटाएको जनाएको छ ।