१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसपीपी सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा लागिपरे : भीम रावल


312
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाउनुभएको हो ।

उहाँले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि नपरेको भए एसपीपी कार्यान्वयन नगर्ने भनि मन्त्रिपरिषद्ले गरेको निर्णय अमेरिकालाई छिटोभन्दा छिटो पठाउन चुनौति दिनुभयो । संसदीय समितिले पटकपटक निर्देशन दिदाँ पनि पत्र नपठाउनुले गम्भिर आशंका उब्जाएको उहाँले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशंका पनि व्यक्त गर्नुभयो ।