२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025


राजमार्ग निर्माण कार्यले पहिरो गर्‍यो : सांसद अर्याल


234
Shares

काठमाडौं । नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले पछिल्लो समय मापदण्ड बिना सहायक राजमार्ग निर्माण गर्ने कार्यले सडकमा पहिरो तथा सडकलाई क्षतविक्षत बनाउने काम गरेको बताउनुभयो ।

उहाँले सरकारले सडक निर्माणको मापदण्डलाई कडाईका साथ लागू गर्नुपर्ने बताउनुभयो । अर्यालले मुख्य राजमार्गलाई असर नपर्ने गरी सहायक राजमार्ग बनाउन नपाउने मापदण्ड राख्न सुझाव दिनुभयो ।

उहाँले विकासे मन्त्रालयहरु बीचमा विकास निर्माणको काम गर्दा अन्तरसंवाद आवश्यक देखिएको बताउनुभयो । अर्यालले अहिले एउटा मन्त्रालयले भत्काउने अर्काले बनाउने काम गर्दा सडकदेखि विकास निर्माणको काम समयमा नै सम्पन्न नभएको बताउनुभयो ।