१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजानुः नारायणकाजी श्रेष्ठ


0
Shares

काठमाडौं, बैशाख ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई भनेका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उनले आफूलाई सुरक्षा खतरा महशूस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका हुन् । उनले आफ्ना कारण राज्यलाई अफ्ठ्यारो परेका भए क्षमायाचना पनि गरेका छन् ।

उनले आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने भन्दै लेखेका छन्, ‘मैले पूर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुबिधा सुरुदेखि नै लिइन । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर, गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो । थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भनेपनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना ।’