२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओखलढुंगाको खेतीयोग्य जमिनमा बस्ती बढ्दै


975
Shares

ओखलढुंगा । ओखलढुंगाका मुख्य अन्न उब्जनी हुने टार तथा बेंसीमा बस्ती विस्तार हुने क्रम बढेको छ ।

खेतीयोग्य जमिनमा बस्ती बढ्न थालेपछि अन्न उब्जनी घट्न थालेको छ । जरायोटार, रामपुरटार, विगुटार, रुम्जाटार, गाम्नाङटार, कुइभीरटार, शेर्नाबेसी लगायतका ठाउँमा मानव बस्ती बढ्न थालेको हो ।

२०५० सालको भीषण वर्षाका कारण ठाउँठाउँमा पहिरो झरेर जनधनको क्षति भएपछि भिरालो क्षेत्र छाडेर समथर जमिनमा घर बनाउने चलन बढेको मोलुङ गाउँपालिका– ४ जरायोटारका रामप्रसाद खतिवडाले बताउनुभयो ।

टार तथा बेसीका खेतीयोग्य जमिनमा अनियन्त्रित रुपमा बस्ती विस्तार भइरहे पनि यसलाई नियन्त्रण गर्न स्थानीय सरकार सचेत देखिएका छैनन् ।