
एजेन्सी, बैशाख ३१ । स्पेनमा ११३ वर्षीया एक बृद्धाले कोरोनाविरुद्धको युद्ध जितेकी छिन् । ११३ वर्षीया मारिया ब्रान्यासले कोरोना महामारीविरुद्धको कठोर युद्धमा विजय पाएकी हुन् ।
पाको उमेरकालाई बढी जोखिम मानिने कोरोना भाइरस स्पेनकै सबैभन्दा बढी उमेरकी मारियासँग भने पराजित भएर भागेको हो ।
कोभिड–१९ को संक्रमण भएपछि अस्पताल भर्ना गरिएकी मारिया कोरोना भाइरसमुक्त भएको स्पेनका अधिकारीहरुले जानकारी दिएका हुन् । मध्यम तहको लक्षण देखिएको हजुरआमा उमेरकी मारिया केही हप्ताको एकान्तवासपछि पूर्ण रुपमा निको भएकी हुन् ।
तीन सन्तानकी आमा मारियाको ११ नातिनातिना छन् । उनको जेठो सन्तान ८६ वर्ष लाग्दा जेठो नाति नै ६० वर्ष भएको उल्लेख छ । १३ पनातिपनातिनीकी धनी मारिया पछिल्लो दुई दशकदेखि ओलोत शहरको केयरहोममा बस्दै आएकी छिन् ।
कोरोना भाइरस महामारीविरुद्ध विजित मारियाले आफ्ना एक शताब्दी लामो उमेरमा मानव जातिमाथि आएका तीन आपत पार गर्न सफल भएकी अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । उनले सन् १९१८–१९ को स्पेनिस फ्लूको महामारी, सन् १९३६–३९ को स्पेनिस गृह युद्ध तथा अहिले कोरोना भाइरसको महामारीलाई जित्न सफल भएको उल्लेख गरिएको छ ।
सन् १९०७ मा मेक्सिकोमा जन्मिएकी उनी दुई वर्षको हुँदा सनफ्रान्सिस्को मातापितासँगै गएको र पहिलो विश्व युद्धका बेला स्पेनको क्याटलोनिया प्रान्तमा आएको जनाइएको छ । उनका पिता स्पेनिस पत्रकार रहेको पनि खबरमा उल्लेख छ ।
La anciana más longeva de España, con 113 años, supera la COVID-19.
La catalana María Branyas también es a partir de ahora la persona de más edad en superar el coronavirus después de hacerlo en la residencia en la que vive en Olot, Girona.https://t.co/6bDcty9sYJ #coronavirus pic.twitter.com/pubB2FTmu3
— La Vanguardia (@LaVanguardia) May 12, 2020
प्रतिक्रिया दिनुहोस्