
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकता सम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताउनुभयो ।
उहाँले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्ष सम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिनभने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध बढ्ने बताउनुभयो ।
सांसद देवकोटाले ‘३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको सानो अंश यता, उता गर्दा नेपालको हालत के होला ?’ भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्