१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेत्री मिरुना मगरविरुद्ध मुद्दा दर्ता


13.819k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा अभिनेत्री मिरुना मगरविरुद्ध मुद्दा दर्ता भएको छ ।

बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

फुर्वाले पटक–पटक पहल गर्दा पनि मिरुनाले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गराएका हुन् । पृथ्वीसिंहले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि फुर्वाले कारबाहीको माग गरेका हुन् ।

गत जेठ महिना काठमाडौंमा कबड्डी–४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हाने प्रहरीकोमा बुझाएकी थिइन् ।

यो विषयले बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएको थियो । जसले प्रदर्शन भइरहेको मिरुनाको फिल्म कबड्डी–४ रोक्न माग माग गरेका थिए ।

विवाद बढेपछि फुर्वालाई प्रहरीले छाडेको थियो भने फिल्मका कलाकार, निर्देशक र लामा गुरुहरू साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो ।

तर, यतिबेला विवाद पुनः बल्झिएको हो ।