
बैतडी । बैतडीमा आज (शुक्रबार) बिहान छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।
डिलाशैनी गाउँपालिका– ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको उनका २२ वर्षीय छोरा लोकराज जोशीले बिहान बन्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको हाे । बिहान घरमै ठेंकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका-५ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले जानकारी दिनुभयो ।
डिप्रेसनमा रहेका लोकराजले बन्चरो प्रहार गरेका उहाँले बताउनुभयाे । टाउकोमै चोट लागेका अन्तरामकाे घटनास्थलमै मृत्यु भएको उहाँकाे भनाइ छ । बन्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धानका इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थलमा खटिएको उहाँले बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्