१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी सहायक विदेशमन्त्री लु ले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट्दै


78
Shares

काठमाडौं । नेपालको दुई दिने भ्रमणका लागि आउनु भएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभए पछि लुले प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ ।

बिहीबार साँझ लुले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सिलेन्स अवार्ड नेपाली उत्पादक कम्पनीलाई प्रदान गर्नुभएको थियो ।

गत मंसीरमा पनि नेपाल आउनु भएका लु ले एमसीसी अनुमोदनका लागि लविङ गर्नुभएको थियो । यस पटकको भ्रमणमा स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) मा नेपाललाई सहमत गराउने उद्देश्य रहेको चर्चा भईरहेको छ ।

यद्यपी अमेरिकी दूतावासले भने लुको भ्रमण नियमित भएको बताएको छ ।