
काठमाडौं । पोखराबाट आज शुक्रबार बिहान काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमानमा खराबी देखिएपछि तत्कालै पोखरा फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
बिहान ८ बजेटर ५४ मिनेटमा उडेको उडान नम्बर ६७२ को एटीआर विमान उड्ने बित्तिकै बायाँ इन्जिनमा खराबीको संकेत देखिएपछि फर्काइएको हो । विमान उडेको ६ मिनेटमै अवतरण गराइएको थियो ।
४५ जना यात्रु लिएर उडेको विमानको इन्जिनमा खराबीको संकेत देखिएपछि जोखिम नलिई फर्काइएको यति एअरलाइन्सले जनाएको छ । उक्त विमानको अहिले इन्जिनियरहरूले चेकजाँच गरिरहेको पनि एअरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्