१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सरकारलाई विपक्षी दलको सुझाव: सीमा विवादबारे भारतसँग एक्लै र भारत–चीनसँग त्रिपक्षीय वार्ता गर


0
Shares

काठमाडौं, बैशाख ३१ । विपक्षी दलका नेताहरुले तत्काल भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।

भारतसँगको सीमा विवाद चर्किएका बेला प्रधानमन्त्री केपी ओलीले बुधबार बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरुले सरकारलाई भारतसँग एक्लै र भारत–चीनसँग त्रिपक्षीय उच्चस्तरीय वार्ता तत्कालै थाल्न सुझाव दिएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा, हालै गठित जनता समाजवादी पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुरलगायतले भारतसँग वार्ता थाल्न सुझाव दिएका हुन् ।

काँग्रेस सभापति देउवाले काली (महाकाली) नदी पूर्वको सबै भूभाग नेपालको भएको भन्दै समस्या समाधानका लागि सरकारले भारतसँग पहिले एक्लै र त्यसपछि भारत र चीनसँग त्रिपक्षीय वार्ता गर्न सुझाव दिएका छन् ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएकोमा कुनै शंका छैन । उक्त भूमि भारतीय कब्जाबाट फिर्ता गर्न सरकार संवेदनशील र गम्भीर हुनुपर्छ भन्ने सुझाव दिएँ ।’, देउवाले भने ।

सन् २०१५ मा चीन र भारतबीच भएको समझदारीलाई लिएर नेपालले वार्ता गर्नुपर्ने पनि आफ्नो राय रहेको उनले जानकारी दिए ।