१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चुनावपछि ओलीको चुरिफुरी समाप्त हुने मन्त्री चौधरीको ठोकुवा


1.001k
Shares

सुनसरी । शहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको चुरिफुरी समाप्त हुने ठोकुवा गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले धरानमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले ओली र एमाले पार्टीलाई आगामी निर्वाचनमा ठेगान लगाउने बताउनुभयो ।

मन्त्री चौधरीले ओलीले दुई तिहाइको कम्युनिस्ट सरकार ढाल्ने, दुई पटकसम्म संसद विघटन गर्ने र जनताले आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र समाप्त गर्न लाग्दा माधव नेपालको नेतृत्वमा नेकपा एस पार्टी गठन गरि संविधान र गणतन्त्रको रक्षा गरेको बताउनुभयो ।

उहाँले ओली राष्ट्रघाती भएकाले जनताले आगामी निर्वाचनमा एमालेलाई देशैभरी चुनाव हराएर धुलो चटाउने चेतावनी दिनुभयो ।

मन्त्री चौधरीले अबको निर्वाचनमा वर्तमान पाँच दलिय गठबन्धन आहित अर्को दल थपिएर छ दल मिलेर चुनाउ लडने तयारी भइरहेको बताउनुभयो ।